मध्य साउनमा पनि इलाममा हुन सकेन रोपाइँ

इलाम । पानीको समस्याका कारण मध्य साउन सम्म पनि किसानले रोपाइँ गर्न सकेका छैनन् । पानी पर्न छाडेपछि इलामका धेरैजसो ठाउँमा आलिकाटेका खेत बाँझै छन् । खोलाको पानी नपुग्ने र धेरै दिन यता आकाशबाट पानी नपरेको कारण खेत रोप्न समस्या भएको हो । पानी अभावका कारण रोपाइँ हुन नसकेपछि धानको बीउ बुडिने अवस्था रहेको किसान […] The post मध्य साउनमा पनि इलाममा हुन सकेन रोपाइँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इलामको बिङ्गो, लागेन टुङ्गो : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । गत असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउसी) खेलको गोलमाल भएको रकम एक वर्ष बित्नै लाग्दा पनि टुङ्गो लाग्न सकेन । इलाम नगरपालिका र -

कांग्रेस निराश हुनुपर्ने कारण छैन

यो पटकको उपचुनावमा कांग्रेसले आफूले जितेको बझाङ गुमायो, नजितेको इलाम लिन सकेन। सरसर्ती हेर्दा इलामको चुनाव जति महत्वमा बाहिर आयो, कांग्रेसका लागि बझाङ अझ महत्वपूर्ण देखिन सक्छ। तर इलाममा सुवास नेम्वाङका छोरा चुनाव लड्नुभएको थियो …

इलामको फुटबल उत्सव फर्काउँदै इलाम गोल्डकप

इलाम : इलामको माईभ्याली गोल्डकप आयोजना हुँदा घरको छतमा बसेर हेरेको टिकटको पनि रकम तिर्दै आएका छन्। टुँडिखेलमा हुने माईभ्यालीलाई इलामेलीहरू दोस्रो दशैँ भन्छन्। प्रतियोगिताका वेला इलामबजार सुनसान हुन्छ। इलाममा जुन उत्साहका साथ फुटबल प्रतियोगिता हुन्छ त्यो कुनै उत्सवभन्दा कम हुँदैन। फुटबललाई इलामको सांस्कृतिक खेलभन्दा फरक पर्दैन।यो इलामेलीहरूको फुटबलप्रतिको सम्मान हो। २०७६ यता माईभ्याली गोल्डकप आयोजना हुन सकेन। कोभिडपछि थलिएको माईभ्याली त्यसपछि उठ्न सकेन। २०७५ को संस्करणको फाइनल खेलमा अफ्रिकन टोली

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : अर्थतन्त्रमा चिया तथा कफीको सहभागिता

सामान्यतया ‘चिया’ र ‘कफी’ शब्द सुन्दा जति प्रिय लाग्छ मानव समाजमा यसको गरिमा पनि त्यत्ति नै धेरै छ । संसारमै पानी पछाडि सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया र कफी हाम्रो जीवनशैलीसँग जोडिएका मात्रै छैनन्, मानव संस्कृतिको एक महत्त्वपूर्ण आयाम पनि बन्दै गएका छन् । अर्थोपार्जन, रोजगारी र पर्यटकीय आकर्षणको सम्भावनामा चिया र कफी दुवै क्षेत्रको योगदान ठूलो छ ।  चिया र कफीको व्यवसायले यसमा संलग्न व्यवसायीलाई आर्थिक सबलतातर्फ उन्मुख गराउँदै समग्र राष्ट्रको गरीबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रचुर सम्भावना देखिन्छ । त्यसैले अर्थतन्त्रमा चिया तथा कफीको सहभागिताले आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने कुरामा दुईमत छैन । करीब डेढ सय वर्ष अघिदेखि नेपालमा चिया संस्कृतिको विकास भएको भए पनि किसानको स्तरसम्म विसं २०३५ सालदेखि मात्रै पुगेको हो । वि.स १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्किंदा चियाको बीउ उपहारस्वरूप चिनियाँ सम्राटबाट लिएर आएका थिए । त्यसपश्चात् नै इलाममा चिया कमान र शोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेतीको शुरुआत भएको थियो । चियाक्षेत्रको अवस्था हेर्दा उत्पादनमा भन्दा पनि बजारीकरणमा बढी जोड दिनुपर्ने देखिन्छ भने कफीको हकमा उत्पादन र बजारीकरण दुवै पक्ष उत्तिकै महत्त्वपूर्ण छ । साथै उत्पादनको गुणस्तरमा समेत पाइला चाल्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ । किनभने हामीले उत्पादन वृद्धितर्फ मात्रै ध्यान दिएर गुणस्तरमा ध्यान दिन सकेनौं भने हामी निर्यातमा पछि पर्ने निश्चित छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जारी गरेको तथ्यांकअनुसार नेपालमा २० हजार २३७ हेक्टर जमीनमा करीब २६ हजार ३७९ मेट्रिक टन चिया र ३ हजार ३४६ हेक्टर जमीनमा ३५४ मेट्रिक टन कफी उत्पादन हुन्छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ९३ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात गरेको छ । सोही वर्ष नेपालले करीब १३ करोड रुपैयाँको २७७ मेट्रिक टन चिया आयात गरेको छ । त्यसैगरी सोही अवधिमा १३ करोड ४ लाख ४१ हजार रुपैयाँ बराबरको करीब ७८ मेट्रिक टन कफी नेपालले निर्यात गरेको छ भने ३२ करोड ५८ लाख रुपैयाँको ४५० मेट्रिकटन कफी नेपालले आयात गरेको छ । चियाको हकमा नेपालले आयातभन्दा निर्यात बढी गर्छ भने कफीको हकमा अझै पनि सोचेअनुरूप नेपालको निर्यात छैन । चियाको बजार थप विस्तार गर्न सरकारले वैकल्पिक बजार खोज्नुका साथै अक्सन बजारमार्फत चिया विक्री गर्ने व्यवस्थापन मिलाउनुपर्ने देखिन्छ । नेपाली चियाको बजार विस्तारमा अक्सन बजार निकै नै आवश्यक र महत्त्वपूर्ण रहेको सरोकारवाला बताउँछन् । तर, नेपालमा करीब १३ वर्ष अघिदेखि नै चिया अक्सन बजारको बारेमा बहस हुँदै आए पनि हालसम्म यसको कार्यान्वयन भने हुन सकेको छैन । नेपाली चियालाई अक्सन बजारमार्फत विक्री गर्ने भन्दै ८ वर्षअघि नेपाल सरकारले अक्सन स्थापनाका गर्न करीब १ करोड रुपैयाँको लगानीमा चियाको गुणस्तर परीक्षण ल्याबसमेत स्थापना गर्‍यो । तर, सरकार र व्यवसायीबीचको आपसी असमझदारीले अक्सन बजारले पूर्णता पाउन सकेन । यदि अक्सन बजार स्थापना भएर अक्सनमार्फत चिया बेच्ने प्रक्रिया शुरू भएको भए चियाक्षेत्रमा देखिएका करीब ९० प्रतिशत समस्या समाधान हुने विश्वास गरिन्छ । नेपाली चिया र कफीक्षेत्रले १ लाखभन्दा बढी किसान, व्यवसायी र श्रमिकलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । चिया र कफीक्षेत्रको विकाससँगै अर्थतन्त्रमा यसको सहभागिता बलियो बनाउँदै लैजान यसलाई मानव संस्कृतिको आयाम र पर्यटनसँग जोड्न आवश्यक छ । विश्वका अन्य मुलुकसँगै नेपालमा पनि चिया संस्कृति मौलाउँदै गएको छ । जस्तै कि राजनीतिक दलका विभिन्न चियापान समारोह, चिया गफ जस्ता क्रियाकलाप निकै प्रचलित छन् । तर, कफी पान समारोह कतै सुनिँदैन यदि चिया जस्तै कफीलाई पनि महत्त्व दिने हो भने यसको बजार र खपत अझ विस्तार गर्न सकिन्छ । पछिल्लो समय शहरकेन्द्रित रूपमा चिया अड्डा, चिया घर र कफी विक्रीका विभिन्न कफी सप खुलेका छन् । यसले पनि केही हदसम्म संस्कृतिको विकास र खपत बढाएको छ । साथै प्रकृतिप्रेमी पर्यटकलाई प्रांगारिक प्रणालीबाट सञ्चालित चियाखेती लगायत अग्र्यानिक खानाले समेत आकर्षण गर्ने भएकाले यसलाई पर्यटनसँगै जोडेर लैजान सकियो भने अर्थतन्त्रमा यसको सहभागिता अझ व्यापक रूपमा बढाउन सकिन्छ । डेढ सय वर्ष पुरानो इतिहास भएको नेपाली चिया बजार आजको दिनसम्म आइपुग्दा पनि खासै उल्लेखनीय परिवर्तन देखिन नसक्नु यसको कमजोरी पक्ष हो । त्यसको एउटै मात्र उदाहरण भनेको नेपालले हालसम्म चियाक्षेत्रको विस्तार र सम्भावनालाई पूर्वमा मात्रै सीमित राखेको छ । पश्चिमी जिल्लामा समेत चिया उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ती सम्भावना खोज्ने र कार्यान्वयनतर्फ जाने ध्यान न सरकारको छ न त व्यवसायीको नै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्युठान र सिन्धुपाल्चोक जिल्लामा चियाखेती विस्तारका योजना अघि सारेको छ । यही क्रमलाई निरन्तरता दिँदै बाजुरा, डोटी, अछाम, कालिकोट, दैलेख, सुर्खेत, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत सम्भावनाको खोजी गर्नुपर्ने जरुरी देखिन्छ ।

इलाममा अझै मतगणना हुन सकेन,चार दिनपछि मुगुको भने मतगणना सुरु

कणार्ली : प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।  ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो,’उनले भने,‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन

इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने  काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन

बलियो प्रतिस्पर्धीको रूपमा आउँदै

काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वसहित २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । रू. १ करोड अधिकृत पूँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गर्‍यो । पछि २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा परिवर्तन भयो । शुरूमा निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गर्‍यो । तर, २०७१ सालयता संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ । संस्थान आउनुअघि नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय शुरू गरेको थियो, जुन अहिले नेपाल इस्योरेन्सको रूपमा सञ्चालित छ । तर, सो कम्पनीले नेपाल बैंकसँग सम्बन्धित बीमा मात्र गर्ने गरेको थियो । त्यसैले, राष्ट्रिय बीमा संस्थानलाई नेपालको पहिलो ‘फुल फेज’को बीमा कम्पनीको रूपमा पनि लिइन्छ । राष्ट्रिय बीमा संस्थान आउनुअघि नेपालमा भारतीय बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका थिए । संस्थान आएपछि भारतीय कम्पनी फर्किए । त्यसपछि संस्थानलाई नेपाली बीमा बजारमा एक्लै ‘राज’ गर्ने अवसर प्राप्त भयो । तर, संस्थानले त्यसअनुरूप आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउन सकेन । मुलुकको राजनीतिक अस्थिरता, दशवर्षे सशस्त्र द्वन्द्व, ट्रेड युनियनमा हुने राजनीति लगायतले पनि संस्थानलाई नकारात्मक असर पार्‍यो । साथै, पर्याप्त तथा दक्ष जनशक्ति नहुँदा पनि संस्थान आन्तरिक रूपमा कमजोर हुँदै गयो । लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा समेत संस्थान पछि पर्दै गयो । संस्थानले १०औं वर्षसम्म पनि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेन । संस्थानले धेरै वर्षहरू ‘पेन्डिङ’मा रहेका काम गरेरै बितायो । अझै पनि संस्थानको आव २०६९/७० यताको साधारणसभा भएको छैन । यस्ता समस्या हुँदाहुँदै पनि संस्थान बीमा बजारमा बलियो प्रतिस्पर्धीको रूपमा आउन लागेको छ । संस्थानको पछिल्लो वर्षका वित्तीय परिसूचकले पनि त्यो पुष्टि गर्छ । संस्थानका बीमाशुल्क संकलन, नाफा, जीवन बीमा कोष बढ्दो अवस्थामा छन् । बीमाशुल्क, बीमा कोषको आधारमा संस्थानले बीमा बजारको करीब ९ प्रतिशत हिस्सा ओगटेको छ । चालू आवमा त बीमा संस्थान बीमाशुल्क संकलन गर्ने मामलामा तेस्रो स्थानमा आएको छ । त्यसअनुसार अब छिट्टै संस्थान बीमा बजारको बलियो प्रतिस्पर्धी कम्पनी बन्ने देखिन्छ । संस्थानका सञ्चालक एवं उच्च अधिकारीहरू पनि सोहीअनुसार कम्पनीलाई अगाडि बढाउने बताउँछन् । संस्थानका सेवासुविधालाई पनि डिजिटलीकरण गरिँदै लगिएको छ । अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्न मिल्ने, एसएमएसमार्फत बीमालेखबारे जानकारी लिन सकिने जस्ता सुविधा संस्थानले शुरू गरिसकेको छ । यस्तै, मोबाइल एपमार्फत संस्थानको सेवाबारे सहजै बझ्न सकिन्छ । संस्थानले आफ्नो आन्तरिक सफ्टवेयर समेत विकसित गर्दै आएको छ । यसअघि लामो समयसम्म ‘डेस्कबेस्ड’मै काम गरेको थियो । त्यसबेलाका तथ्यांक राख्ने पनि कुनै प्रविधि थिएन । संस्थानका सबै तथ्यांक कागजी रूपमा मात्र भण्डारण गरिएको थियो । तर, अहिले आन्तरिक प्रयोजनका लागि नयाँ सफ्टवेयर ल्याइसकेको छ । त्यसमा संस्थानका सबै तथ्यांक समावेश भइसकेको छ । शाखा संख्या पनि सातै प्रदेशमा हुने गरी २२ ओटा पुर्‍याइएको छ । अब छिट्टै बागलुङ र इलाममा शाखा स्थापना हुँदै छ । आगामी ३ वर्षमा ५६ ओटा शाखा पुर्‍याउने संस्थानको लक्ष्य छ । सबै शाखाबाट संस्थानका सबै सेवा लिन पाउने व्यवस्था गरिएको छ । बीमालेख जारी गर्न अब प्रधान कार्यालयमै आउनुपर्ने बाध्यता छैन । संस्थानले ग्राहकको चाहनालाई लक्षित गरेर ‘इन्डोमेन्ट’ तथा ‘मनी ब्याक’ बीमा योजना ल्याउन लागेको छ । त्यो बीमा समितिबाट स्वीकृत हुने चरणमा छ । यसका अलावा अभिकर्ताको संख्या तथा क्षमता विस्तार गर्ने, कर्मचारी थप गर्ने, व्यावसायिक योजना बनाउने संस्थानको तयारी छ । त्यसअनुसार अहिले संस्थानलाई प्रतिस्पर्धी कम्पनीको रूपमा आउन प्रशस्त आधार तय भइसकेको देखिन्छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान हुने चरणमा छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले कम्पनीलाई बलियो प्रतिस्पर्धीको रूपमा अघि बढाइने बताए । ‘अहिले कम्पनीको कमजोर पक्ष लेखापरीक्षण र साधारणसभा हुन नसक्नु हो । यद्यपि आव २०७५/७६ सम्मको लेखापरीक्षण भइसकेको छ, समितिबाट स्वीकृत हुन मात्र बाँकी हो,’ उनले भने, ‘त्यो स्वीकृत हुनासाथ साधारणसभा पनि भइहाल्छ । त्यसपछि बजारमा संस्थानप्रतिको नकारात्मक सन्देश पनि हट्छ । त्यसपछि हामी नयाँ उत्साहका साथ बीमा बजारमा प्रवेश गर्छाैं । त्यसका लागि प्रशस्त आधार पनि तयार भएका छन् ।’ संस्थानले आव २०६६/६७ देखि २०६८/६९ सम्मको साधारणसभा सम्पन्न गरी आव २०६९/७० देखि २०७१/७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । साथै आव २०७२/७३ देखि २०७५/७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न गरी अन्तिम वित्तीय विवरण प्राप्त हुने क्रममा रहेको बताइएको छ । संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले पनि संस्थानलाई बलियो प्रतिस्पर्धीको रूपमा विकास गरिने बताए । यसका लागि अहिले संस्थानको संरचना नै परिवर्तन गर्ने काम भएको उनको भनाइ छ । ‘अहिले हाम्रो लेखापरीक्षण तथा साधारणसभाको काम बाँकी नै छ । तर, हामी त्यसमा मात्र केन्द्रित छैनौं,’ उनले भने, ‘व्यवसाय विस्तार गर्ने काम पनि सँगसँगै अगाडि बढाएका छौं । अब छिट्टै नै बलियो प्रतिस्पर्धी बीमा कम्पनीको रूपमा उदाउँछौं ।’ संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठले पनि कम्पनीलाई बलियो रूपमा अघि बढाउने बताए । साथै, संस्थानको सेवालाई पनि ग्राहकमुखी बनाउँदै लगिने उनको भनाइ छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान भइसकेका छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानलाई यो लक्ष्य प्राप्ति गर्न चुनौती पनि उत्तिकै छ । कोरोनाले प्रभावित व्यावसायिक गतिविधि चलायमान बनाउनु, व्यावसायिक वृद्धिदर कायम गर्नु संस्थानका मुख्य चुनौती हुन् । साथै, अभिकर्ता र बीमितको संख्या बढाउन समेत चुनौतीपूर्ण देखिन्छ । निजी कम्पनीहरूले धेरै सेवा सुविधा दिएर अभिकर्ता र बीमितलाई आकर्षित गरिरहेका छन् । तर, संस्थानमा बीमित र अभिकर्ताका लागि यस्ता योजना छैनन् । अभिकर्ता र बीमित बीमा व्यवसायका लागि अभिन्न अंग हुन । त्यसैले, संस्थान यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिन्छ । बीमा बजारमा संस्थानको उपस्थिति चालू आवको पुस मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूको जीवन बीमा कोष ४ खर्ब ५२ अर्ब ७९ करोड छ । संस्थानले उक्त अवधिसम्ममा ३८ अर्ब ७८ करोड जीवन बीमा कोष कायम गरेको छ, जुन कुल जीवन बीमा कोषको ८ दशमलव ५६ प्रतिशत हो । यस्तै, चालू आवको ६ महीनामा ६ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको छ । यसै अवधिमा १९ जीवन बीमा कम्पनीहरूले भने ७० अर्ब ९१ करोड बीमाशुल्क संकलन गरेका छन् । त्यसअनुसार संस्थानको बजार हिस्सा झन्डै ९ प्रतिशत रहेको देखिन्छ । हालसम्म कम्पनीको बीमितको संख्या ६ लाख ३८ हजारर ७९३ पुगेको छ । संस्थानको लगानी लगानी व्यवस्थापन जीवन बीमा प्रदायकहरूको अर्को महŒवपूर्ण काम हो । संस्थानले बीमाशुल्कबापत उपलब्ध स्रोत नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा तोकिएको क्षेत्रमा संस्थानले लगानी गर्दै आएको छ । विशेषगरी विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको छ । सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो स्रोतको उपयोग गर्ने क्रममा संस्थानले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी (हालको बजार पूँजीकरण रकम १ अर्ब ३८ करोड) र २ अर्ब ८० करोड ऋण लगानी गरेको थियो । अहिले त्यो ब्याज पूँजीकरणसहित ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीमा १ अर्ब शेयर लगानी (हालको बजार पूँजीकरण ३ अर्ब २० करोड) गरिएको छ । त्यस्तै विद्युत् उत्पादन कम्पनीमा ६ करोड ६ लाख संस्थापक शेयर लगानी छ । जलविद्युत् लगानी तथा विकास कम्पनीको अगुवाइमा कम लागत तथा उच्च प्रतिफलयुक्त जलविद्युत् आयोजनाहरूमा स्वपूँजी तथा ऋण लगानी सम्बन्धमा छलफल भइरहेको छ । नागरिक लगानी कोषमा कोषको कुल शेयर पूँजीको ३१ दशमलव ५ प्रतिशत स्वामित्व रहनुका साथै सन्राइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी जस्ता वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रकम २४ अर्ब १९ करोड तथा डिबेञ्चरमा ४ अर्ब ३२ करोड रुपैयाँ लगानी छ । संगठन तथा व्यवस्थापन सर्भे संस्थानको विद्यमान संगठन तथा व्यवस्थापन समयसापेक्ष बनाउन नयाँ संगठन तथा व्यवस्थापन सर्भेको कार्य काठमाडौं विश्वविद्यालयको सहयोगमा तर्जुमा गरी सञ्चालक समितिमा पेश गरिएको छ । सञ्चालक समिति र नेपाल सरकारबाट स्वीकृति लिई उक्त सर्भे प्रतिवेदन कार्यान्वयन हुने संस्थानको भनाइ छ ।

इलाममा माओवादीले जाेगाउन सकेन एक्ला वडाध्यक्ष

इलाम : स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित इलामकाे सन्दकपुर गाउँपालिका- १ का वडाध्यक्ष नन्दकुमार राई नेकपा एमाले प्रवेश गरेका छन्।आज एक कार्यक्रमकाबीच राई एमाले प्रवेश गरेका हुन्। नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले उनलाई  पार्टीमा स्वागत गरेको हो।२०७४ सालकाे स्थानीय तह निर्वाचनमा राईले ३८० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत ल्याएका थिए। सन्दकपुर गाउँपालिकाका पाँच वडामध्ये चार व