आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, भदौ २४ । वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको […]