पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसियो, जबरालाई महाभियोग लगाउन हारगुहार

आज मिति २०७८ साल मंसिर महिनाको ७ गते मंगलबार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचारसहित हामी उपस्थित भएका छौँ । सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशको अधिकार कटौती हुनेगरी नियमावली संशोधन भएको छ । न्यायाधीशहरुले गोला तानेर मुद्दा हेर्नेगरी नियमावली संशोधन भएपछि अहिलेसम्म प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था परिवर्तन हुने छ । सर्वोच्च अदालतको इतिहासमा प्रधानन्यायाधीशले पेसी तोक्ने अधिकार खोसिएको उल्लेखनीय परिघटना हो । नियमावली संशोधन प्रस्ताव फुलकोर्टले पारित गरेपछि कानून मन्त्रा...