जर्मनीले नेपाललाई एक अर्ब ४० करोड रुपैयाँ अनुदान दिने

काठमाडौं : जर्मनीले नेपाललाई एक अर्ब ४० करोड रुपैयाँ अनुदान दिने भएको छ।ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मन सरकारले उक्त अनुदान दिन लागेको हो। यससम्बन्धी सम्झौतामा बुधबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफरले हस्ताक्षर गरेका छन्‌।प्राप्त सहयोगबाट नीति र सार्वजनिक क्षेत्रलाई ग्रीड जोडिएको सोलार फार्म विस्तार गर्न, सौर्य ऊर्जाबाट सिँचाइ र अन्य गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ।सो सहयोग नेपालको ग्रामीण भेगको विकासमा केन्द्र