गण्डकीमा बजेट दुरुपयोगः बुबाआमाको नाममा खोलिएको ट्रष्टमा बजेट

गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरुको दवाबमा बजेट दुरुपयोग भएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको दवाबमा बजेटको दुरुपयोग भएको हो। बजेटको दुरुपयोग कतिसम्म भएको छ भने एउटै वडामा २८ करोडसम्मपनि बजेट गएको छ भने मुख्यमन्त्री र मन्त्रीको माता–पीताको नाममा खोलिएको ट्रष्टमा लाखौं लाख बजेट विनियोजन भएको छ। यसरी बजेट दुरुपयोग गर्ने मन्त्रीहरु सबै कांग्रेसका हुन्।