डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल) विजयी भएका छन्।वडाध्यक्षमा निर्वाचित धामीले ५०७ प्राप्त गरे। उनका प्रतिद्वन्द्वी एमालेका केशवराज अवस्थीले ४ सय ४० मत ल्याउँदा कांग्रेसका कृष्ण विष्टले ३ सय १२ मत ल्याए।परशुराम–१ मा धामी प्यानलसहित विजयी भएका हुन्। वडा सदस्यमा दुरा खातीले ५०४, दलित महिला सदस्य राधिका विकले ५०१ तथा २ खुला सदस्य गौरीलाल कामी र मान बिष्टले क्रमशः ५०८ र ५१० मत ल्याएका छन्।वडा नम्बर १ बाट नगरपालिकाको मेयरमा माओवादीक