डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका २ स्थित सहस्त्रलिंग माविमा रहेको मतदान केन्द्रमा विवाद भएको छ। भारतमा रहेका व्यक्तिको नामबाट अर्कैले मत दिन खोजेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। विवादबाट उत्तेजित भिडले मतपेटीमा असर गर्ने कार्य गर्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। भिडलाई तितरबितर गर्न प्रहरीले ३ राउन्ड गोली चलाएको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले बताए। हवाइ फायरपछि त्यहाँको माहोल शान्त भएको उनले बताए।