जनकपुरधाम । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउन रोक लगाउनेगरी गरेको फैसलालाई लिएर मधेस प्रदेशका सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सांसदहरूले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै निजगढ विमानस्थल बन्नुपर्नेमा जोड दिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का संसदीय दलका नेता जितेन्द्र सोनलले निजगढ विमानस्थल मधेसको आर्थिक, रोजगार, पर्यटन, गौरव र पहिचानसँग...