कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको निधन

काठमाडौं, कात्तिक ६ । कांग्रेस नेतृ तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। आज बिहान १ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका धर्म पुत्र टंकनाथ पौडेलले जानकारी दिए। गत असोज २५ गतेदेखि श्रेष्ठ निमोनियाबाट अस्वस्थ बनेकी थिइन्। दनबिरकै उपनामले चिनिने श्रेष्ठले पार्टी, समाजप्रति गरेको सेवा अनुकरणीय रहेको छ। […]