शिक्षामन्त्रीलाई मुस्लिम आयाेगकाे प्रश्न - ‘मदरसामा बाेरा ओछ्याएर कहिलेसम्म पढ्नुपर्ने हाे ?’

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने बताउनुभएकाे छ । मन्त्री पाैडेलले त्यसका लागि प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह पनि गर्नुभएकाे छ ।मुस्लिम आयोगले तयार पारेको 'नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण' अध्ययन प्रतिवेदन आज सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशिताको कुरा सुनिश्चित गरे पनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको बताउनुभयाे । उहाँले राजनीतिक दलहरूभित्रै सं...