२९ मंसिर, काठमाडौं । साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो । […]
७ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको हो । परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यस वर्ष असार, मंसिर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी […]
काठमाडाैं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्सकाे परीक्षा लिन सुरु गरेको छ । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर […]
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यतः इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन सकाएपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान छ । विधेयकअनुसार डाक्टर र नर्सले जस्तै इन्जिनियरहरूले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउनेछन् । यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ । २९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रियसभाबाट १४ पुस २०७६ मा पारित भएर
इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ । डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् । त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ ।नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थासहितको विधेयकलाई बजेट लगत्तै पारित गर्ने सरकारको तयारी छ । भौतिक पूर्वा
काठमाडौँ – इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तीर्णा गर्नुपर्ने भएको छ। डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरुले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन्। त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिने छ। नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास […]
काउन्सिलले एक सूचना जारी गर्दै जेठ १२ देखि १४ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा संचालन हुने जनाएको छ।
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा २८ र २९ गते हुने छ। परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुने छ।