पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र' एवं 'राजसंस्था' हटाउन आयोगले दिएको निर्देशनलाई राप्रपाले भन्यो पूर्वाग्रही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचन आयोगले पूर्वाग्रही भएर पार्टीको विधान संशोधन गर्न निर्देशन दिएको आरोप लगाएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतवार बसेको बैठकले आयोगले माघ २ गते पठाएको पत्रको सम्बन्धमा निर्णय गर्दै यस्तो बताएको हो। आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन…