मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।मुस्ताङमा एमालेले जित दोहोर्याउने र कांग्रेस पुनरागमन हुने रणनीतिका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीनपटक र एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन्। प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचन र कांग्रेसका गण्डकी प्रदेश सदस्य योगेश गौचन प्रमुख प्रतिस्पर्धी छन्। विसं २०७० को चु