वर्तमान अवस्था सकारात्मक छैन रुसका लागि

रुस अझै तल्लो बिन्दुमा पुगिसकेको त छैन, तर क्रेमलिनले गैरजिम्मेवार ढंगले सुरु गरेको आक्रामक युद्धको नतिजा निर्विवाद रूपमा व्यहोर्नेछ  केही राजनीतिक संकटको अनुमान गर्न गाह्रो हुन सक्छ । जुनको अन्त्यमा सुरु भएको...

सम्बन्धित सामग्री

युक्रेनमा रहेकालाई नेपालीलाई नेपाल फर्कन सरकारको आग्रह, घुम्न पनि नजान अनुरोध

सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यहीं रहनु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन अनुरोध गरेको हो। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयका अनुसार युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल छन्। त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।नेपाली राजदूतावास, बर्लिनतृतीय सचिव सहारा चौलागाईं सम्पर्क नं. +491709808063, Email: eonberlin@mofa.gov.npसहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः शुशिल घिमिरे, कार्यवाहक राजदूत सम्पर्क नं. +79680702815, Email: eonmoscow@mofa.gov.npरुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएसंगै त्यस क्षेत्रमा संकट बढेको हो । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई रुसले स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको हो । यी रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। हाल रहेको द्वन्द्व युद्दमा परिणत हुने भन्दै धेरै देशले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन् ।