प्रेस काउन्सिलको निर्णयमा कमजोरी भएको भए सच्याउन तयार छौँ : अध्यक्ष बस्नेत

 कार्टुन प्रकाशित भएको विषयमा प्रेस काउन्सिल नेपालले एक दैनिक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि त्यसको विरोध भएको छ । यही बीचमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा गएको  कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई मंगलबार भेटेर काउन्सिलको निर्णय सच्याउन माग गरेको छ ।नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले व्यंग्य प्रदर्शन गर्नु नै  कार्टुनको उद्देश्य रहेको बताए । उनले कार्टुन पनि पत्रकारिताको अभिन्न अंग