प्रचण्डको सुशासन : भीआईपी भ्रष्टाचार काण्ड ‘सामसुम’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएदेखि जप्ने एउटै मन्त्र हो– भ्रष्टाचार नियन्त्रण र सुशासन। ०७९ पुसमा नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो यो नै अन्तिम कार्यकाल हुनसक्ने भएकाले भ्रष्टाचार र सुशासनको पक्षमा खरो रूपमा प्रस्तुत हुने बताउँदै आइरहेका छन्। उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई पक्राउ गरेर ठूलै साहस जुटाए। बहालवाला सचिव, पूर्वउपप्रधानमन्त्री, पू