काठमाडौं (नेस) । नेपालको अग्रणी अनलाइन बजार, दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ बाट शुरू हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरू ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशतसम्मको छुट, ५हजारसम्मको मेगा भौउचर, ५० हजार मूल्यको सामान केवल १ रुपियाँमा जित्ने मौका रहेको छ । […]