चुनावी गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक : एमाले महासचिव

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन् । मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नु भएका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरे