कर्णालीलाई धनी देख्न रारा घुम्नुपर्छ

रारा ताल घुम्ने अधिकांशको सपना नै हुन्छ। तर योजना बनाउने जति सबै रारा घुम्न आउन सक्दैनन्/आउँदैनन्। योजना बनाएर घरमै बसेर विभिन्न माध्यमबाट जानकारी लिन खोज्छन्, त्यसपछि यात्रालाई लिएर डर पाल्न थाल्छन्। र, अन्ततः यात्राकै योजना बदल्छन्। कर्णाली राजमार्गको बाटो खतरा छ है ! कालLकोट नाग्मादेखि बाटो कच्ची छ है ! रारा पुग्न दुई/तीन घण्टा हिंड्नुपर्छ […]

सम्बन्धित सामग्री

कर्णाली समृद्धि सपना

नेपालको भौगोलिक हिसाबले सबैभन्दा ठुलो तर जनसाङ्ख्यिक हिसाबले सबैभन्दा सानो प्रदेश हो कर्णाली । हिमाली र पहाडी भूभागका प्राकृतिक सम्पदा, संस्कृतिले पूर्ण कर्णाली नेपालकै पुरानो खस सभ्यताको मूल थलो हो । जडीबुटीको भण्डार यहाँ नै नेपालको सबैभन्दा गहिरो ताल से फोक्सुन्डो र ठुलो ताल रारा छन् । प्राचीन सभ्यता, अनेक जडीबुटी, सुन्दर भौगोलिक दृश्य, जलसम्पदाको धनी कर्णाली मानवविकास सूचकाङ्कमा नेपालको सबैभन्दा पछाडि परेको छ । विगतको केन्द्रीकृत राज्यप्रणालीले दुर्गम, अविकसित र गरिबीको विशेषण बोकाएको कर्णालीले सङ्घीय प्रणालीमार्फत समान अधिकार पाए पनि अझै हेपिएको

कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम–नेपाल बन्छ, विकास गरेर धनी भइन्छ

७ जेठ, काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक एकल बहुमत प्राप्त कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम वाम गठबन्धनको चुनावी घोषणा र प्रधानमन्त्री केपी शर्मा ओलीको रारा सम्बोधनमा आधारित भएर आउँदैछ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा वाचन गर्ने नीति तथा कार्यक्रममा कम्युनिस्ट पार्टीको सरकारले गर्ने कामहरुको क्यालेन्डरसहित सम्बृद्धिका …