मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राप्रपाले सरकार छोडेको एक महिना पुग्नभन्दा अगाडि नै विश्वासको मत लिएर ढुक्कसँग बस्ने योजना बनाउनुभएकाे थियाे । यही चैत १३ गते प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्दै छ । तर त्यसभन्दा अगाडि नै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अनुकूलतामा विश्वासको मत लिने तयारी गरे पनि त्यो आज सफल हुन सकेन । प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा काठमाण्डौमा कांग्रेसले अर्को बैठक राखेर मुख्यमन्त्रीले तोकेको समयमा विश्वासको मत नदिने गरी रणनी...