काठमाण्डौ – महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाण्डौ महानगरपालिका वडा नम्बर ३० मैतीदेवीमा रहेको कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ ।
करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । सङ्ग्रहालय बनाउन सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ ।
सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डु...