मनसुन नजिकिँदै जाँदा बेनी संरक्षण गर्न ठेक्का भएको नदी तटबन्धको काम नहुँदा सदरमुकाम बेनीबजार उच्च जोखिममा परेको छ । कालीगण्डकी नदीले कटान गरेको मुख्य भंगालोमा तटबन्धको काम गराउन जिम्मेवार रुपाताल संरक्षण एकीकृत परियोजना असफल भएपछि सदरमुकाम बेनी कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको हो ।