घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले अन्तिम खेलाडी घोषणा गरेका छन् । ५८ खेलाडीबाट दोस्रो चरणमा ३५ हुँदै अन्तिम २३ खेलाडी प्रतियोगिता खेल्न...
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र …
काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । त्यस्तै दोस्रो खेल साँझ साढे […]
काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज बुधबार दुई खेल हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे सुरू हुनेछ । दोस्रो खेलमा मल्दिभ्स र बंगलादेश भिड्नेछन् । यस अघि […]
काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।
काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्न...
महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो । बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो । अब साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का […]
काठमाण्डौ – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
बंगलादेशको ढाकामा आज बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गर्नुभएको थियो । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विरा...
काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त […]