राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले विगतमा वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौँ भन्ने कुराको समिक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पारे । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भएपनि यसको प्रयोग गरेर मुलुकलाई सम