बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्। पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।