भारतको उत्तर प्रदेशमा मेरठ प्रहरीले आफूकहाँ उजुरी लिएर आएका व्यक्तिलाई गैरजिम्मेवार जवाफ दिएको छ ।
आफ्नी दोस्री पत्नी र सौतेनी छोरोको उत्पीडनको शिकार बनेका ती हेमन्त गोयल नामक पुरुष थानामा उजुरी दिन गएका थिए । थानेदारले उनलाई हरिद्वार गएर बस्न र दिनदिनै ब्रह्म मुहूर्तमा गायत्री मन्त्र जप गर्ने सल्लाह दिए ।
प्रहरीबाट पनि उत्पीडित भएपछि वृद्धले आईजी कार्यालय पुगेर न्यायको गुहार लगाएका छन् ।
इन्स्पेक्टर प्रेमचन्द शर्माले पीडितलाई यस्तो जवाफ दिएका हुन् । उनलाई तीन दिनसम्म हरिद्वारको गायत्री आश्रममा बसेर गायत्...