‘मेलम्ची क्षेत्रको अवस्था कल्पना गर्नै सकिन्न, फोन नहुँदा सम्पर्क नै विच्छेद’

काठमाण्डाै –  मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहसनहस भएको छ । हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको हो । हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । प्रहरीले सात जना सम्पर्कविहीन भएको जानकारी दिएको छ । बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले ५० जना...