यामाहा एरोक्स १५५ अल्टिमेट बाइकिङको विक्री शुरु, यस्ता छन् विशेषता

काठमाडौं । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट बाइकिङ विक्री शुरु गरेको छ ।  यामाहाको आधिकारिक शोरूमहरूबाट स्कुटर किन्न र बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।  विक्री प्रारम्भको अवसरमा एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भने, ‘एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो । यसले नयाँ र अनुभवी राइडरहरू दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ ।’  यस्ता छन् विशेषता  उक्त स्कुटरमा विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइन तथा गति र शक्तिको सम्मिश्रण रहेको कम्पनीको भनाइ छ ।  यामाहा एरोक्स १५५ मा लिक्विड कुल्ड इन्जिन रहेको छ । यसमा १२० किमी प्रतिघन्टाको गतिमा चल्ने कम्पनीले जानकारी दिएको छ । साथै यसले चालकहरूाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ ।  एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट स्क्रिन राखिएको छ । यसले चालकहरूलाई सडकमा हुँदा मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानलगायतको जानकारी ट्र्याक गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ ।  स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ । यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।  स्कुटरमा इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप–स्टार्ट गर्ने विधि, परिष्कृत सुरक्षाको लागि एबीएससँग फ्रन्ट डिस्क ब्रेकलगायत फिचर्स छन् । यामाहा एरोक्स १५५ रेसिङ ब्लू, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक गरी तीन रङमा उपलब्ध रहेको र यसको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।