गर्मी मौसमसँगै खानेपानी समस्या बढ्दै

सल्यान : कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा खानेपानीको हाहाकार सुरु भएको छ। २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन्।गाउँ नजिकैका मुहान सुकेपछि दुई घण्टा हिँडेर खोल्साखाल्सीमा जमेको पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई छ। अहिले ४ गाउँका करिब २ सय परिवार खानेपानीको अभाव भोग्न बाध्य भएका स्थानीय कमला घर्तीले बताइन्। उनका अनुसार एक महिना अघिसम्म भक्काने मूलबाट पानी ल्याउनु परेकोमा अहिले