सरकारले २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको विराटनगर विमानस्थलसम्बन्धी निर्णय खारेज गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बैठकका निर्णय सार्वजनिक गर्दै विसं. २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्को विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय खारेज गरेको हो । बैठकले उक्त जग्गा प्रा