खोटाङको रूपाकोट– मझुवागढी नगरपालिकालाई शैक्षिक हब बनाउन शिक्षा नियमावली जारी गरिएको छ । नगरपालिकाले शिक्षाविद्, प्राज्ञ, शिक्षासेवी, दलका नेता, शिक्षासँग सम्बद्ध पेशागत संगठनलगायतबाट प्राप्त सुझावका आधारमा नगरपालिकाभित्रका एक क्षेत्रमा सबै विषय अध्ययन तथा अध्यापनको व्यवस्थासहितको शैक्षिक संस्था रहने गरी शिक्षा नियमावली जारी गरेको हो ।