काठमाडौं : नेकपा एमालेले पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा योजनाबद्ध रूपमा धाँधली गरेको आरोप लगाएको छ। एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा गठबन्धनले जसरी पनि जित्न धाँधलीका साहारा लिएको बताएका हुन्। सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको उल्लेख गरेका छन्। मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकार