काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ। यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ। यस अवधिमा ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो। यस सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ भने एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।