पुस्तक बिक्रीको पैसा मानवीय सेवामा लगाउने डा कैनीको घोषणा

काठमाडौं : नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन्।  हालैमात्र डा कैनीका अदृश्य मनका सादृश्यहरू (निबन्धसङ्ग्रह), सिमाहीन सिमा र रङ्गको पहिचान (कवितासङ्ग्रह), भिसागर्ल (कथासङ्ग्रह) र प्रतिबिम्ब (गजलसङ्ग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो। वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदी लगायतका विशिष्ट व्यक्तिहरुबाट पाँचवटा पुस्तकको एकसाथ विमोचन भएको थियो।ती कृ