भारतमा मन्त्री नियुक्त गर्न पाकिस्तानका प्रधानमन्त्रीको सिफारिस !

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ? भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथा पञ्जाब लोक कांग्रेसका अध्यक्ष क्याप्टन अमरिंदर सिंहले भारतीय कांग्रेस पञ्जाबका अध्यक्ष नवजोत सिंह सिद्धुलाई मन्त्री बनाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सिफारिस गरेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री खानले सिद्धुलाई मन्त्री बनाएमा आभारी हुने सन्देश पठाएका थिए । सोमवार पत्रकार सम्मेलन ...

सम्बन्धित सामग्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना सङ्क्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ । ६८ वर्षीय प्रधानमन्त्री खान हाल “आबासमै अलग्गिएर बस्नुभएको” स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा गर्नुभएको छ । राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान समेत रहनुभएका इमरान खान सन् २०१८ को अगष्टमा चुनाब जितेर प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । दुई दिन अघि मात्रै उहाँले कोभिड १९ विरुद्धको खोप लगाउनुभएको बीबीसीले उल्लेख गरेको छ।