केन्द्र सरकारको जासूसीबाट बच्नका लागि फोनमा प्लास्टर लगाएकी छु : ममता बनर्जी

पेगासस सफ्टवेयरमार्फत भारत सरकारले जासूसी गरेको घटना सार्वजनिक भएपछि त्यहाँको राजनीति तातिएको छ ।  पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधवार यस विषयमा केन्द्र सरकारमाथि व्यंग्य कसेकी छन् ।  उनले भनिन्, ‘मैले आफ्नो फोनलाई प्लास्टर गरेर छोपेकी छु । पेगासस तर्साउने खालको छ । म कसैसँग फोनमा कुरा गर्न पाउदिनँ । अब केन्द्र सरकारलाई पनि प्लास्टरले छोप्नुपर्छ नत्र देश बर्बाद हुन्छ । केन्द्र सरकारले जासूसीका लागि धेरै पैसा खर्च गरिरहेको छ ।  भारतीय जनता पार्टीले देशलाई अन्धकारको खाल्डोमा पुर्‍याए...

सम्बन्धित सामग्री

भवानीपुर उपनिर्वाचनमा ममता बनर्जी विजयी

भारतको पश्चिम बंगालमा रहेको भवानीपुर निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा मुख्यमन्त्री ममता बनर्जी भारी मतान्तरले विजयी भएकी छन् ।  तृणमूल कांग्रेस प्रमुख बनर्जीले भारतीय जनता पार्टीकी प्रियंका टिबडेवाललाई ५८ हजार ८३२ मतको भारी अन्तरले हराएकी हुन् ।  विधानसभा निर्वाचनमा ममता बनर्जी शुभेन्दु अधिकारीसँग हारेकी थिइन् । मुख्यमन्त्रीको पद जोगाउनका लागि उनले उपनिर्वाचन जित्नैपर्ने थियो ।

पश्चिम बंगालमा ४३ मन्त्रीले लिए शपथ

एजेन्सी। भारतको पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको सरकारमा ४३ जनाले मन्त्री पदको शपथ लिएका छन्। पश्चिम बंगाल विधानसभामा अत्यधिक बहुमतका साथ विजयी भएपछि ममता बनर्जी लगातार तेस्रो पटक मुख्यमन्त्री बनेकी छन्। कोलकत्तास्थित राजभवनमा राज्यपाल जगदीप धनखडले सबै मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका थिए। तीन जना मन्त्रीले भने भिडियो कन्फ्रेन्सका माध्यमबाट शपथ लिएका थिए।

पार्टीलाई जित दिलाएकी ममता बनर्जी पराजित

एजेन्सी। पश्चिम बंगालको विधानसभा निर्वाचनमा पार्टीलाई शानदार जित दिलाएकी ममता बनर्जी आफैं भने नन्दीग्रामबाट पराजित भएकी छन्। तृणमुल कांग्रेसबाट भाजपामा प्रवेश गरेका शुभेन्दु अधिकारीले बनर्जीलाई १ हजार ९५६ मतले पराजित गरृका हुन्। शुभेन्दु विगतमा बनर्जीकै निकट सहयोगी हुन्। २०१६ मा बनर्जीको पार्टीबाट विजयी बनेका उनी मन्त्री भएका थिए। ममताले धाँधली भएको भन्दै अदालत जाने बताएकी छन्।

नन्दीग्राम सीटबाट ममता बनर्जी विजयी

पश्चिम बंगालको विधानसभा निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले नन्दीग्राम सीटबाट १२ सय मतले विजय हासिल गरेकी छन् ।  उनले निकटतम प्रतिद्वन्द्वी भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीलाई पराजित गरेकी हुन् ।    शुभेन्दु पहिले ममताकै तृणमूल कांग्रेसमा थिए ।  यससँगै ममताले तेस्रोपटक मुख्यमन्त्रीको कार्यकाल चलाउने पक्का भएको छ ।

ममता बनर्जी ८ हजार भोटले अगाडि

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले आठ हजार भोटको अग्रता लिएकी छन् ।  निकटतम प्रतिद्वन्द्वी भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीभन्दा उनी अघि छिन् ।    शुरूआती राउन्डको मतगणनामा ममता पछि पर्दा अनेकथरी अनुमान लगाइएको थियो तर अहिले त्यस्ता अनुमानमा पूर्णविराम लागेको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते

एजेन्सी । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी नंदीग्रामको बिरुलिया गाउँमा चुनावी अभियानको क्रममा घाइते भएकी छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते, नियोजित आक्रमणको आरोप

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन्। बुधवार उम्मेद्वारी दर्ताका लागि नंदीपुर पुगेकी उनीमाथि एक समूहले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। आक्रमणबाट उनको खुट्टामा चोट लागेको र उनी उपचारका लागि कोलकता पुगेकी छन्। आफूमाथि चार पाँच जना पुरुषले आक्रमण गरेको ममताले बताएकी छन्। ती पुरुषहरुले आफूलाई जोडले…

ताजा सर्वेक्षणको परिणाम : पश्चिम बंगालमा ममता बनर्जी पुनः सत्तामा

टाइम्स नाउ र सी भोटर ओपिनियन पोल र एबीपी सीएनएक्सको ओपिनियन पोल मतसर्वेक्षणमा ममता बनर्जी पुनः सत्तामा फर्किने देखिएको छ ।  दुवै मतसर्वेक्षणमा ममताको तृणमूल कांग्रेसलाई २९४ मध्ये १५४ देखि १६४ सीट प्राप्त हुने अनुमान छ ।  तर राज्यमा शक्तिशाली प्रदर्शन गरे पनि भारतीय जनता पार्टीले लोकसभा निर्वाचनको तुलनामा भोट प्रतिशत घटेको देखिन्छ ।  दुवै ओपिनियन पोलमा वामपन्थी र कांग्रेस गठबन्धनलाई घाटा लागेको देखिन्छ ।  उता तमिलनाडुमा सी–भोटर सर्वेका अनुसार, तमिलनाडुमा एआईएडीएमके र भाजपालाई झड्का ...

माओवादीभन्दा खतरनाक छ भाजपा : ममता बनर्जी

भारतको पश्चिम बंगालमा विधानसभा चुनाव आउँदै गर्दा राजनीति तातेको छ ।  राजनीतिक दलहरूबीच वाग्युद्ध जारी छ । पुरुलियामा एक भेलालाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय जनता पार्टी नक्सली माओवादीभन्दा खतरनाक रहेको बताइन् ।    भाजपामा जान चाहनेहरू गए पनि आफूहरूले भाजपासामु शिर नझुकाउने उनको भनाइ छ । भाजपा र सीपीएमले आफूहरूको बैठकमा मान्छे पठाएर उपद्रो मच्चाइरहेका आरोप पनि ममताले लगाइन् । आफूहरूले पनि ती दलको बैठकमा मान्छे पठाएर उपद्रो मच्चाउने उनको भनाइ छ ।    भ...