काठमाडौं : चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो ।धेरै ठूलो नभएको उक्त पहिरो हटाइएसँगै अहिले दुवै तर्फका सवारी साधन सहज रूपमा गन्त्वयतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ। लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ। यसअघि गत असारमा पनि उक्त सडकखण्डमा पटक–पटक पहिरो गएर