‘सर्वोच्चको फैसलाले निजगढमा विमानस्थल बनाउन रोकेको छ’

२६ असार, काठडमाडौं । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि सरकारले बाराको निजगढमा नै विमानस्थल बनाउने प्रक्रिया अघि बढाउन खोजेको छ, तर १२ जेठमा भएको फैसला र १५ असारमा आएको फैसलाको पूर्णपाठले निजगढमा विमानस्थल बनाउने सबै बाटो बन्द गरेको दावी कानुनका जानकारहरुले गरेका छन् । फैसलामाथि सरकार र कानुनका विज्ञले गरेको […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको फैसलाले के साँढे २४ लाख ठूला रुख काट्नबाट रोकेकै हो

काठमाडौं, १६ असार । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे परेको रिटमाथि गरेको फैसलाले विमानस्थल बनाउन रोकेको छैन तर न्यूनतम वातावरणीय क्षतिबाट भनेको छ । फैसलाको पूर्ण पाठमा वृहत इजलाशका तीन न्यायाधीशले निजगढको नाम उल्लेख नगरी परमादेश जारी गरेका छन् । दुई न्यायाधीशको राय फरक छ र निजगढमै विमानस्थल बनाउनुपर्ने भनिएको छ । अब निजगढमा विमानस्थल […]

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा साढे हजार हेक्टर जमिन रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे । निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वोच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ