कालीगण्डकी दोहन 'रोकिएन', पुरातत्त्वदेखि पर्यावरणसम्म जोखिममा - BBC News नेपाली

सर्वोच्च अदालतले कालीगण्डकीबाट नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरीनिकासी गर्ने, प्राकृतिक बहाव परिवर्तन हुने लगायतका काम नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको भए पनि त्यस्तो काम नरोकिएको अधिकारीहरूले बताएका छन्।