ओलम्पिक खेल्ने पौडी खेलाडी विशेष प्रशिक्षणका लागि जापानमा

काठमाडौं। टोकियो ओम्पिकमा सहभागी हुने पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गर्दैछन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उनीहरूलाई आइतबार बिदाई गरेको थियो। पौडीकी खेलाडी गौरिका सिंह इङ्ल्यान्डबाट सोझै जापान आउने एनओसीले जनाएको छ। गौरिका र एलेक्जेन्डर तोकुशिमामा दुई साता प्रशिक्षण गरेर ओलम्पिक भिलेज जाने एनओसीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए।