काठमाण्डाै – साउदीमा दिउँसोको समयमा श्रमिकलाई खुल्ला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी)ले आफ्ना श्रमिकहरुलाई सूर्यको प्रकाशमुनि काममा नलगाउन सबै निजी कम्पनी तथा प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।
जुन १५ अर्थात् आजदेखि आउँदो सेप्टेम्बर १५ सम्म तीन महिनाको लागि यस्तो प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ । यो अवधिमा दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकहरुलाई खुल्ला ठाउँको काममा लगाउन पाइने छैन ।
खाडी देश साउदीमा यी तीन...