संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुँदै

काठमाण्डाै – अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुने भएको छ । दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर आज प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ । नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन् । टेलिस्कोपले पृथ्वीमा उडेको चराको तस्बिर पनि अन्तरिक्षबाटै स्पष्टरुपमा खिच्न सक्ने नासाले जनाएको छ । अहिलेसम्म अन्तरिक्षमा पठाएको टेलिस्कोपमध्ये सन् १९९० मा प्रक्षेपण ग...