नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि दसैँको अवसरमा एक अफर ल्याएको छ । जसअनुसार गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिने छ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन् ।