स्थानीयको आक्रमणपछि रोकिएको नागढुंगा नौबिसे सुरूङमार्गको काम सुचारू भएको छ । स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै आयोजनाको कार्यालयमा आक्रमण गरेसँगै चैत २८ गतेदेखि रोकिएको काम आजदेखि सुरू भएको हो ।आयोजना प्रमुख नरेश शाक्यले स्थानीयको अवरोध हटेसँगै आजदेखि आयोजनाको काम अघि बढेको रातोपाटीलाई जानकारी दिए । हिजो दिउँसो स्थानीयसँगको वार्ता सफल भएपछि आयोजनाको नियमित काम सुरू भएको उनको भनाइ छ ।खानेपानीको मुहान सुकेकाले पानीको वैकल्पिक व्यवस्था हुनुपर्ने, सडक कालोपत्रे गर्नुपर्ने, सुरूङमार्ग माथिको जग्ग