शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेकोमा अमेरिका र लेबनानका वैज्ञानिकद्वयले २०२१ को नोबेल जितेका हुन् । डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।