दाङ : तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा पुलनजिकै रामनगर टोलमा बस्ने भरत पुरीको ५ कित्तामा गरी करिब ४ कठ्ठा जग्गा लालपुर्जामा छ।तर अहिले उनले करिब २ कठ्ठा जतिमात्र भोगचलन गर्दै आएका छन्, बाँकी २ कठ्ठा जति जग्गा पातुखोलामा परिणत भएको छ।उनले भने, ‘खोलाको पूर्वतिर अहिले जुन बस्तीहरू रहेका छन्। त्यो बसपार्क संरक्षण गर्न तत्कालीन नगरपालिकाले पातुखोलामा तारजाली लगाएको थियो। अहिले त्यहाँ १५/२० मिटर लामा घरहरू बनेका छन्। सिंचाइ कुलो पछाडि फालेको अवस्था रहेको छ। हाम्रो जग्गाम