काठमाडौं, ३ साउन । सहरी विकास मन्त्रालयमा सरकारी प्रतिनिधि र सिसडोल–बञ्चरेडाँडावासीबीच छलफल सुरु भएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका नुवाकोटको सिसडोलवासी र धादिङको बञ्चरेडाँडावासीसँग मन्त्रालयमा छलफल भएको हो । अहिले काठमाडौं उपत्यकाको फोहोर उठाउन रोकियो भने विकराल समस्या उत्पन्न हुने भन्दै सरोकारवालाहरुले चासो देखाएका छन् ।