नेपाली कांग्रेसले १४औँ महाधिवेशनपछि सदस्यता नवीकरण गरे पनि अभिलेख अद्यावधिक हुन नसकेका सदस्यलाई समेत १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था मिलाउने निर्णय गरेको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका व्यक्तिबाहेक योग्य सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने व्यवस्था मिलाउने निर्णय गरेको […]