नेपालसहित ७५ देशका नागरिकमाथि लगाइएको आप्रवासी भिसामा रोक हटाएको घोषणा

अमेरिकी विदेश मन्त्रालयले जनवरीमा नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न लगाइएको रोक संघीय अदालतको फैसलापछि अब लागू नरहेको जनाएको छ। विदेश मन्त्रालयका अनुसार, दक्षिणी न्यूयोर्क जिल्ला अदालतका अमेरिकी जिल्ला न्यायाधीश जेनेट ए. वर्गासले अगस्ट २१ मा दिएको आदेशअनुसार यो परिवर्तन लागू भएको हो। वर्गासले क्याथोलिक लिगल इमिग्रेसन नेटवर्क इन्क. विरुद्ध रुबियो लगायत मुद्दामा […]