रसुवाका बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको विद्युत् आपूर्ति विभिन्न क्षेत्रमा पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश स्थानमा विद्युत् सेवा पुनः सुचारु भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि विद्युत् आपूर्ति सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ। बाढीले विद्युत् प्रसारण तथा वितरण […]